११ पुस, काठमाडौं । धनुषामा हत्या गरी गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ।
मिथिला नगरपालिका– ३ हरिहरपुरकी अन्दाजी ५० वर्षीया रेशमीदेवी बिनको हत्या गरी गाडिएको अवस्थामा शव फेला परेको हो । बुधबार साँझ ७ बजेतिर आफ्नै घरको शौचालय पछाडि हत्या गरी गाडिएको शव निकालिएको प्रहरीले जनाएको छ । हत्या आरोपमा प्रहरीले मृतककी श्रीमान दशैया मुखिया बिनलाई प्रहरीले पक्राउ गरेको छ।
घरायसी विवादको क्रममा मदिराले लठ्ठिएका दशैयाले नै हत्या गरी शव गाडेको प्रारम्भीक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । मृतक महिलाको शव पोस्टमर्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।