११ पुस, काठमाडौं । बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ह्वात्तै घटेको छ ।
बुधबार ७.५ डिग्री सेल्सियस मापन भएको काठमाडौंको न्यूनतम तापक्रम बिहीबार ४.५ डिग्री सेल्सियस मापन भएको छ ।
न्यूनतम तापक्रम घट्दा बिहानको समयमा काठमाडौंमा अत्यन्त चिसो महशुस हुने गरेको छ।