११ पुस, काठमाडौं । महिला यू-१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षण सुरु भएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना खेल मैदानमा बुधबारदेखि प्रशिक्षण सुरु भएको हो ।
आगामी माघ ५ गतेदेखि महिला यू–१९ विश्वकप प्रतियोगिता मलेसियामा हुँदैछ ।