|  

१२९ यात्रुसहित पोखरामा चीनको सिचुआन एयर अवतरण

११ पुस, काठमाडौं । पर्यटनको राजधानी पोखरामा हुने दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेस–२०२४ का लागि १२९ यात्रुसहित सिचुआन एयर अवतरण भएको छ ।

बिहीबार बिहान १० बजेर १३ मिनेटमा पोखरा विमानस्थलमा सिचुआन एयर अवतरण भएको हो । जसमा भिआईपी, अफिसियल र खेलाडी छन् । चीनको छेन्दुक विमानस्थलबाट उडेको विमान पोखरा आउन ३ घण्टा १३ मिनेट लागेको थियो ।

जहाज अवतरण भएपछि पोखरेलीले जहाजसँगै पाहुनाको भव्य स्वागत गरेका छन् । यसैबिच, उक्त जहाजले बिहीबार नै काठमाडौँसम्म पोखराको पर्यटन प्रवर्द्धनात्मक उडान भर्नेछ । जसमा पर्यटन व्यवसायी, पत्रकार लगायतले काठमाडौँसम्म यात्रा गर्नेछन् ।