११ पुस, काठमाडौं । साताको काराोबारको पाँचौ दिन आज (बिहीबार) सुनको मूल्य बढेको छ ।
नेपाली सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा ६०० रुपैयाँले बढेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदी भने आज स्थिर रहेकोछ ।बुधबार प्रतितोला १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।