|  

कांग्रेसको आर्थिक नीति तथा योजना विभागमा १० सदस्य मनोनीत

११ पौष, काठमाडौं । नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागको सदस्यमा १० जना मनोनीत भएका छन् ।

केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेल प्रमुख रहेको आर्थिक नीति तथा योजना विभाग सदस्यमा आज सदस्यहरू मनोनीत भएका हुन् । कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम उनीहरूलाई सभापति शेरबहादुर देउवाले मनोनीत गरेका हुन । मनोनीत हुनेहरूमा प्रा.विनय कुसियत-धनुषा, प्रा.डा. रश्मी राजभण्डारी-काठमाडौं, डा.सुदन ओली-रोल्पा, डा.ईशा घर्ती-लम्जुङ, डा. रेवतबहादुर कार्की-ओखलढुंगा, डा. प्रताप छत्कुली-धादिङ, डा. राजेन्द्र बीर चन्द-कैलाली, अमरबहादुर रोकाय-सुर्खेत, राजकुमार त्रिपाठी(आर.के.)-धादिङ, होमप्रसाद घिमिरे-ललितपुर रहेका छन् ।