|  

न्यायाधीश नीतिज राईको इजलासमा रविको बयान सुरु

११ पुस, काठमाडौं । सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का  सभापति रवि लामिछानेको बयान सुरु भएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा केही अगाडि उनको बयान सुरु भएको हो । गोरखा मिडिया नेटवर्कका सञ्चालक पूर्वडिआईजी छविलाल जोशीको सोमबार र मंगलबार वयान लिएर सकियो ।

बिहीबार अर्की प्रतिवादी लिला पछाईको बयान सकिएपछि रविको बयान सुरु भएको हो।