|  

सरकारले सदनलाई बिजनेस दिनुपर्छः राष्ट्रियसभा अध्यक्ष दाहाल

११ पौष, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकारले सदनलाई बिजनेस दिनुपर्नेमा जोड दिएका छन् ।

आज स्थानीय तहका जनप्रनिधि र जिल्लाका विभिन्न कार्यालय प्रमुखहरुसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन् । राष्ट्रियसभाले बिजनेस पाउन नसकेको भन्दै उनले भनेका छन्, ‘कानुन निर्माणको काम पनि जनचाहनाअनुसार हुन सकेको छैन । बल्लबल्ल बनेका कानुनसमेत थन्किएर बसेका छन ।’ आवश्यक ऐन बनाउन नसकिएको अध्यक्ष दाहालले स्वीकार गरे ।

फरक प्रसङ्गमा उनले स्थानीय तहसँगको समन्वय सम्पर्क र संवादको सबै तहमा कमी भएको अनुभूति भएको बताए । सातै प्रदेशका प्रदेशसभा सदस्य र पालिकासँगको छलफलबाट मात्रै वर्तमान समयमा तीनै तहका सरकारबीच देखिएका समस्या समाधान गर्न सकिने अध्यक्ष दाहालको भनाइ छ ।