|  

विधेयकमा भएको सामान्य त्रुटिलाई हुबहु पास गर्दा विधेयक नै फेल हुन्छः ज्ञानेन्द्र शाही

११ पौष, काठमाडौं । सांसद ज्ञानेन्द्र शाहीले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयकमा समावेश गरिएको ‘सामान्य’ शब्दप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको अर्थ समितिमा विधेयकको मस्यौदा प्रतिवेदनमाथि भएको छलफलका क्रममा उनले कानुन बनाउने क्रममा लुप पोइन्ट (कानुनी खोट) छाड्न नहुने भन्दै कडा शब्दमा आपत्ति व्यक्त गरेका हुन । उनले भनेका छन्,‘सामान्य केलाई मान्ने, त्यसको त डेफिनेसन होला नि त । कानुन बनाउने भनेपछि लुप पोइन्ट छाडेर हुँदैन । यो कहीँ पनि हुँदैन ।’

सांसद शाहीले विधेयकको सुधारका लागि थप समय दिनुपर्ने धारणा राख्दै भने, ‘विधेयकमा भएको सामान्य त्रुटिलाई हुबहु पास गर्दा विधेयक नै फेल हुन्छ । छलफल दुई–तीन दिन गरेर हुँदैन । दश दिन लागोस्, तर राम्रो गरी छलफल हुनुपर्छ ।’ सांसद शाहीले सुरक्षित कारोबार विधेयकमा भएका कमजोरी हटाउन आग्रह गर्दै विधेयक पास गर्दा सतर्कता अपनाउन सुझाव दिएका छन् ।