११ पौष, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूलाई विप्लव र माओवादीबीच एकताको बाधकका रुपमा प्रचार गरिएको बताएका छन ।
चिनियाँ नेता माओ दिवसमा अवसरमा राजधानीको प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रममा शर्माले आफु दुई पार्टीबीचको एकताको बाधक नभएका प्रष्ट पारेका हुन् । त्यो सत्य होइन भन्नेमा आफू र विप्लव स्वयं पनि पहिलेदेखि नै प्रष्ट रहे पनि कपिलवस्तु र ललितपुरको हरिसिद्धिमा भएको छलफलबाट भ्रम चिरिएको उनको भनाइ छ ।
उनले भनेका छन्, ‘एक महिनाअघि कपिलवस्तुमा उहाँको निवासमा गएको थिएँ, हामीले केही संक्षिप्त कुराकानी र्गयौं । विप्लव र माओवादीबीच एकताको बाधकका रुपमा चर्चा गरियो । तर, हामीबीचमा हामी कम्युनिष्ट एकतालाई अघि बढाउन चाहान्छौं भन्नेमा हामी कुनै भ्रममा थिएनौं ।’ उनले थपे, ‘कपिलवस्तु र हरिसिद्धिमा भएको छलफलबाट हामी थप प्रष्ट भयौं।’