११ पुस, काठमाडौं । एनसेलको बिक्री रोक्न माग गर्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले बिहीबार उक्त रिट खारेज गरेको हो । साथै, सर्वोच्चले केही निर्देशनात्मक आदेश समेत दिएको छ ।
आजियाटा र स्पेक्ट्रलाइट यूके लिमिटेडबीच कारोबार अपारदर्शी भएको र एनसेलको अनुमतिपत्र रहुञ्जेलसम्म आजियाटाले एनसेलको आम्दानी लैजाने गरी शेयर खरिद–बिक्रीको सम्झौता भएको दाबी रिट निवेदनमा गरिएको थियो ।