|  

मान्छे ख्वाएर बाघ पाल्न सकिँदैनः प्रधानमन्त्री ओली

११ पौष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मान्छे खुवाएर बाघ पाल्न नसकिने टिप्पणी गरेका छन् ।

आज काठमाडौँमा वन तथा वातावरण मन्त्रालयले कोप(२९ को समीक्षा गर्न आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् । उनले वनको क्षमता हेरेर मात्रै नेपालले बाघ पाल्नुपर्ने बताए । उनले नेपालको वनको क्षमताअनुसार १ सय ५० वटाभन्दा बढी बाघ पाल्न नसकिने भए पनि अहिले नेपालमा ३ सयभन्दा बढी बाघ रहेको बताए । उनले नेपालले मित्र राष्ट्रहरुलाई बाघ पाल्ने भए उपलब्ध गराउने तर अब बाघको संख्या बढाउन नसक्ने बताए।