१२ पुस, काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुई वटा समितिको बैठक बस्दै छ । राज्यव्यवस्था तथा सुशासन र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो ।
जस अन्तर्गत राज्यव्यवस्था समितिको बैठक दिउँसो १२ः१५ बजे बस्नेछ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्तासँग छलफल हुनेछ ।
यसैगरी बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरूसँग छलफल गर्ने सम्भावित कार्यसूची रहेको छ ।