१२ पुस, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार)का लागि फलफूल तथा तरकारीको मूल्य तोकेको छ ।
जसअनुसार आज लोकल सानो गोलभेँडाको प्रतिकेजी ४० रुपैयाँ, सानो गोलभेँडा (भारतीय)को मूल्य ६५ रुपैयाँ, सानो तराई गोलभेँडा ६०, स्थानीय काउली ३० रुपैयाँ, हरियो फर्सीको २० रुपैयाँ, तितो करेला १ सय रुपैयाँ पुगेको छ ।