|  

बैतडीमा बर्थिङ सेन्टरमा खोप लगाएका दुई महिने शिशुको मृ#त्यु, स्थानीयद्धारा सडक अवरुद्ध 

१२ पुस, काठमाडौं ।  बैतडीमा बर्थिङ सेन्टरमा खोप लगाएका दुई महिने बालकको मृत्यु भएपछि घटनाको छानबिन र क्षतिपूर्तिको माग गर्दै अभिभावक आन्दोलित भएका छन् ।

डिलासैनी गाउँपालिका-२, छेपट्टा गाउँका मुकेश रानाका दुईमहिने छोरा आदर्श रानाको मृत्यु भएको छ । बालकलाई बुधबार दिउँसो डिलासैनी गाउँपालिका-३ मा रहेको सिमार बर्थिङ सेन्टरमा पोलियो रोगविरुद्धको ओपिभी, झाडापखालाविरुद्धको रेटा, निमोनियाविरुद्धको पिसिभी र भ्यागुते रोगविरुद्धको पेन्टा औषधी खोपमार्फत र मुखबाट खुवाइएको थियो । दिउँसो १२ बजे खोप लगाएर ३ बजे घर फर्किंदा बालकलाई ज्वरो आएको थियो ।

राति ¥याल र फिज निकाल्न थालेपछि गोकुलेश्वर अस्पताल लगेको तर त्यहाँ उपचार नहुने भएपछि डडेलधुरा अस्पताल लैजाने क्रममा बालकको बुधबार राति बाटोमै मृत्यु भएको थियो । घटनापछि निष्पक्ष छानबिन र क्षतिपूर्तिको माग राखेर अभिभावक र स्थानीयले दार्चुला-बैतडी-गोकुलेश्वर सडक अवरुद्ध गरेका छन् ।

बर्थिङ सेन्टरमा दुई जना बालकलाई सोही प्रकृतिको खोप लगाएकाले अर्का बालकलाई केही नभएकाले खोपकै कारण मृत्यु भएको भन्न नसकिने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।