|  

३८ जनाको ज्यान जाने गरी भएको अजरबैजानको जहाज रूसी एयर-डिफेन्स सिस्टमले खसालेको दाबी

१२ पुस, काठमाडौं । अजरबैजान एयरलाइन्सको जहाज रूसी एयर–डिफेन्स सिस्टमले खसालेको दाबी गरिएको छ।

३८ जनाको ज्यान जाने गरी भएको जहाज दुर्घटनामा रूसको संलग्नता रहेको दाबी गरिएको हो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सलेबिहीबार प्रारम्भिक छानबिनबारे जानकार चार अधिकारीसँग कुराकानी गर्दै यसको खुलासा गरेको हो ।

बुधबार अजरबैजानको राजधानी बाकुबाट रूसको ग्रोज्नीका लागि उडेको फ्लाइट जे २-८२४३  कजाकिस्तानको अक्ताउमा खसेको थियो । रोयटर्सले एक अजरबैजनी स्रोतलाई उदृत गर्दै उक्त जहाजमा रूसी पन्तसिर-एस एयर डिफेन्स सिस्टमले प्रहार गरेको उल्लेख गरेका छन् ।

ग्रोज्नी जाँदै गर्दा इलेक्ट्रोनिक वारफेयर सिस्टमले जहाजको सञ्चार प्रणालीलाई अवरूद्ध गरेको समाचारमा उल्लेख छ।रूसका प्रवक्ता डिमिट्री पेस्कोभले यसबारे अनुसन्धान सकिनुअघि नै अनुमान गर्न नहुने बतृका छन्। ‘अनुसन्धान सकिनुअघि नै अनुमान गर्नु गलत हुन्छ,’ पेस्कोभले भने।