|  

पार्टीमा रहँदा रावलका गतिविधिहरू अनुशासन विपरीत रहेपनि सुध्रिने मौका दिएकै होः शंकर पोखरेल

१२ पुस, काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी अनुशासन विपरीतका कार्यहरू गर्दा पूर्वउपाध्यक्ष भीम रावललाई सुध्रिने मौका दिएको बताएका छन् ।

शुक्रबार प्रेस चौतारीले चितवनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले पार्टीमा रहँदा भीम रावलका गतिविधिहरू अनुशासन विपरीतका रहेपनि सुध्रने मौका दिइएको बताएका हुन् ।

‘संसदभित्र संसदीय ह्वीप अत्यन्त महत्त्वपूर्ण मानिन्छ । ह्वीप उल्लंघन गर्‍यो भने स्वतः कारबाहीको भागीदार हुन्छ।  संसदभित्र एमाले के गर्दै थियो, उहाँ के गर्दै हुनुहुन्थ्यो भन्ने त सबैले थाहा पाएकै विषय हो। त्यसका बाबजुद पनि उहाँलाई सुध्रिने मौका दिएका हौं,’ उनले भने ।