१२ पौष, काठमाडौं । नेकपा (एमाले) का सांसद सूर्य थापाले भाटभटेनीका मालिक मीनबहादुर गुरूङ नेपालको आइकन मान्छे भएको बताएका छन् ।
आज उनले मीनबहादुर राष्ट्रिय सफल उद्यमी भएको चित्रण गरेका हुन् । उनले मीनबहादुर गुरूङले आफ्नो श्रम र पौरखले भाटभटेनीजस्ता वार्षिक ४० अर्बको कारोबार गर्ने र झण्डै एक अर्ब राजश्व तिर्ने अनि ३० वटाभन्दा बढि सुपरस्टोर सञ्चालन गरिरहेकाले सुपरस्टोर सञ्चालनको हिसाबले उनी सुरुवातकर्ता र आईकन मान्छे भएको तर्क गरे ।
साथै मीनबहादुरले एमालेलाई दिएको जग्गाको विषयमा कुनै अदालतमा विवाद पनि नभएको स्पष्ट पारे ।