|  

रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?

१२ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठकले केन्द्रीय विभाग तथा आयोगमा देहाय सदस्यहरु मनोनयन गर्ने निर्णय गरेको छ । 

जसमा केन्द्रीय अनुशासन आयोग अधिवक्ता कमल प्रसाद पोखरेल (नवलपरासी) र अधिवक्ता हरिचन्द्र भट्टराई (ताप्लेजुङ) लाई मनोनयन गरेको छ  । त्यस्तै केन्द्रीय संगठन विभागमा धर्म केसी (लम्जुङ) र गोपाल घिमिरे (रुपन्देही) र  डा. विमल तिवारी (सिराह) लाई मनोनयन गरेको छ  ।

बैठकमा पार्टी कार्यवाहक सभापति डोल प्रसाद अर्याल र उपसभापति डा. स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक परिस्थितिकाबारे समीक्षा प्रस्तुत गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । सो अवसरमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीबाट पार्टीको कूल ६० जिल्लामा जिल्ला भेला सम्पन्न भएको विवरण पेश गरेका थिए ।

त्यस्तै रास्वपाले पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक आगामी पौष १९, २० र २१ गते बस्ने निर्णय गरेको झाले जानकारी दिएका छन् ।

ad