१३ पौष, काठमाडौं । निरन्तर घाटामा बिक्री हुँदै आएको अण्डाको मूल्य आजदेखि हालसम्मकै उच्च मूल्यमा बिक्री भएको छ ।
योसँगै लेयर्स कुखुरा पालक किसानले अण्डाको मूल्य हालसम्मकै उच्च पाएका छन । आज देखी लागु हुनेगरी ठुलो अण्डाको फार्म मूल्य प्रतिपेटी ९७ क्रेट० रु ३ हजार ६ सय र मझौलाको रु ३ हजार ५ सय कायम गरिएको छ । नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा रु १६.५६ पर्न आउँछ । यससँगै खुद्रा उपभोक्ता प्रतिगोटा २२।५० कायम गरिएको छ । जाडोका कारण उत्पादनमा कमी, अण्डा उत्पादन गर्ने कुखुरामा गिरावट, पर्यटक बढेको र स्कुल कलेज सञ्चालनमा आएसँगै अण्डाको माग बढेकाले मूल्य पनि बढेको हो ।