१३ पौष, काठमाडौं । गायक हनी सिंहले बादशाहसँग कहिल्यै पनि सम्झौता नगर्ने बताएका छन ।
बादशाहले आफ्नो रोगको खिल्ली उडाएको र गाली गरेको सिंहको आरोप छ । हालै एक अन्तर्वार्तामा हनी सिंहले भनेका थिए, ‘बादशाहसँगको विवादबारे मानिसहरूले मलाई प्रायः सोध्छन । दुई जनाबिच झगडा हुन्छ, तर विगत १० वर्षदेखि एउटै व्यक्तिले मलाई गाली गरिरहेका छन, मेरो बारेमा गीत गइरहेका छन, मेरो रोगको मजाक उडाइरहेका छन । मैले कहिल्यै जवाफ दिइनँ ।’
उनले अगाडि भने, ‘पछिल्लो एक वर्षमा मात्र मैले यसबारे बोल्न थालेँ, त्यो पनि फ्यानकै कारणले । मेरा फ्यानहरूले मलाई सन्देश पठाउँछन, कृपया केही भन्नुहोस, यो हाम्रो सम्मानको कुरा हो । एकजना मानिसले तपाईंको बारेमा लगातार नराम्रो कुरा गरिरहेको छ । नतिजा यो भयो कि उनले माफी मागे र आफ्नो गल्ती स्वीकार गरे । तर उनी थुक्ने र चाट्नेहरूमध्ये एक हुन । हेर्नुस मात्र। ऊ फेरि फर्किनेछ। म त्यस्ता मानिसहरूलाई केही ठान्दिनँ।’
हनी सिंह र बादशाहले आफ्नो करियर माफिया मुन्डिर ग्रुपबाट सुरु गरेका थिए । दुवैले सन्न २००९ मा समूह छाडेका थिए । बादशाहले धेरै पटक हनी सिंहको गीत ब्राउन रङ लेखेको दाबी पनि गरे तर क्रेडिट पाएनन्न । जवाफमा हनी सिंहले बादशाहले ब्राउन रङजस्तो गीत लेखेका थिए भने उनले आफ्नो लागि राम्रो गीत किन लेख्न सकेनन् भनेर जवाफ दिएका थिए । त्यसयता दुवैले धेरै पटक एकअर्काविरुद्ध बयान दिइरहेका छन ।