१३ पौष, काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले कब्जामा लिएका उत्तर कोरियाली सेनाहरूको गम्भीर चोटपटकका कारण मृत्यु भइरहेको बताएका छन् ।
शुक्रबार एक वक्तव्य दिँदै उनले आफ्ना सैनिकले बन्दी बनाएका अधिकांश उत्तर कोरियाली सेनाको मृत्यु भएको खुलासा गरेका हुन् ।‘हाम्रा सैनिकले उनीहरूलाई बन्दी बनाउन सफल भए । तर उनीहरू धेरै गम्भीर घाइते थिए र बचाउन सकिएन,’जेलेन्स्कीले शुक्रबार गरेको एक सम्बोधनमा भने ।
युक्रेनले कति उत्तर कोरियाली सेनालाई कब्जा गरेका थिए भन्ने खुलाइएको छैन । ती सैनिकहरू युक्रेनले युद्धबन्दी बनाएका पहिलो उत्तर कोरियालीहरू भएको आकलन गरिएको छ ।शुक्रबार युक्रेनले कब्जा गरेको एक घाइते उत्तर कोरियाली सैनिकको घाउकै कारण मृत्यु भएको स्रोतले जनाएको छ ।