|  

मन्त्री पाण्डेद्वारा नेपालगन्ज स्थित निर्माणाधीन विमानस्थलको निरीक्षण

१३ पौष, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले बाँकेको नेपालगन्ज स्थित निर्माणाधीन विमानस्थलको निरीक्षण गरेका छन् ।

आज अछाम कलम बजारको विमानस्थल परीक्षण उडानका क्रममा नेपालगन्ज पुगेका मन्त्री पाण्डेले उक्त विमानस्थलको समेत अवलोकन गरेका हुन । ३ अर्ब लागत रहेको नेपालगन्ज विमानस्थलको भवनको २०८२ पुस मसान्तभित्र सक्ने लक्ष्य रहेको छ । त्यसक्रममा मन्त्री पाण्डेले निर्माण कार्य सन्तोषजनक रहेको प्रतिक्रिया दिँदै समयमै काम सकिनेमा विश्वास व्यक्त गरेका छन । उनी आजै काठमाडौं फर्किने छन ।