१३ पौष, काठमाडौं । चितवनको सौराहामा जारी १८ औ हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत आज हात्तीलाई वनभोज खुवाइएको छ ।
वनभोजमा हात्तीलाई मन पर्ने उखु, गुलियो भात, ड्रागन फ्रुट, हरियो मकै, खरबुजा, फर्सी, कुची लगायतको विभिन्न परिकारहरू दिइएको थियो ।
वनभोजमा ३५ वटा निजी हात्तीहरूलाई सहभागी गराइएको थियो । महोत्सवमा हात्तीले वनभोज खाएको हेर्न दर्शकहरूको घुइँचो लागेको थियो ।