|  

सुस्त रहेको विकास निर्माणलाई गति दिन एमाले र कांग्रेसको सहकार्य 

१३ पुस, काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले २०८४ को चुनावअघि नै नेपाली कांग्रेससँग सत्ता सहकार्य समाप्त हुने बताएका छन् । 

महोत्तरीको रामगोपालमा एक कार्यक्रममा सहभागि हुन जनकपुर आएका महासचिव पोखरेलले सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो बताएका हुन् ।

मुलुकमा देखिएको राजनीतिक अस्थिरता तथा सुस्त रहेको विकास निर्माणलाई गति दिन मात्र नेपाली कांग्रेससँग सहकार्य भएको उल्लेख गर्दै महासचिव पोखरेलले भने, ‘२०८४ मा एमाले र कांग्रेसले अगल अगल चुनाव लड्ने हाम्रो सम्झदारी भएको छ । 

एमालेले एकल बहुमत सरकार बनाउने कोसिस गर्छ, कांग्रेसले पनि कोसिस गर्छ । जसले वहुमत हुन्छ,उसले सरकार चलाउने हो ।’ 

नेता भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई कारवाही गरेको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञसामा उनले भने, ‘पार्टी भनेको अनुसशान, विधिविधानले चल्ने हो ।  

संसदमा पार्टी ह्वीप मान्नुपर्ने हुन्छ । भीम रावलजी लामो समयदेखि पार्टीको अनुशासन विपरीत क्रियाकलापमा संलग्न रहनुभयो । पार्टीको कुनै गतिविधिमा उहाँको सहभागिता देखिएको थिएन । तर पनि पार्टीले उहाँमा रियालाइजेसन हुन्छ भनेर धेरै पर्केको पनि हो ।