|  

दक्षिण कोरियामा विमानस्थलभित्रै विमान दुर्घटना, २८ जनाको मृ#त्यु

१४ पुस, काठमाडौं । आइतबार दक्षिण कोरियामा विमान दुर्घटना भएको छ ।

बैंककबाट आउँदै गरेको जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट ​​चिप्लिएर बारमा ठोक्किएको थियो ।

विमानमा सवार १८१ जनामध्ये २८ जनाको ज्यान गएको छ । विमान दुर्घटना स्थानीय समयअनुसार ९ः०७मा भएको थियो ।

मुआन एयरपोर्टमा अवतरण गर्ने क्रममा विमानको ल्यान्डिङ गियर खराब भएको जनाएको छ । त्यसपछि विमान विमानस्थलको बारमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो ।