|  

कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प

१४ पुस, काठमाडौं । कालिकोटमा भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ओडानाकु केन्द्रबिन्दु भएर आज बिहान ३.६ म्याग्निच्युडको भूकम्प गएको हो।

पश्चिम नेपालमा पछिल्लो समय साना भूकम्पहरु लगातार गइरहेका छन् ।