१४ पुस, काठमाडौँ । विपिन देव - वर्तमान परिवेशमा भारत संसारको तीव्र गतिले विकास भइरहेको ठुलो आकारको अर्थतन्त्र रहेको छ । सन् २०३० सम्म नै भारत विश्वको तेस्रो अर्थतन्त्र बन्न सक्ने विभिन्न रेटिङ्ग एजेन्सीको आकलन रहेको छ । भारतको तीव्र आर्थिक विकास आर्थिक उदारीकरणको यात्राबाट नै सम्भव भएको छ ।
९० को दशकमा भारतीय अर्थतन्त्र दिवालीयापनको संघारमा रहेको थियो । सरकारी राजकोषमा १ विलियन अमेरिकी डलर मात्र रहेको थियो । उर्जा आयात लगायत अन्य वस्तु आयातको लागि दुई सातासम्म मात्रै सरकारको सार्मथ्य रहेको थियो । ११ महिने वि.पि. सिंहको सरकार, ८ महिने चन्द्रशेखरको सरका, राजीव गान्धीको हत्या, संसदमा स्पष्ट बहुमतको अभाव, आर्थिक दिवालीयापन र आतंकवादी गतिविधिको विगविगीले गर्दा राजनीतिक र आर्थिक परिदृष्य उत्साहजनक थिएन ।
यी नकारात्मक परिवेशमा भारतीय राजनीतिको वागडोर नरसिंहा रावले प्रधानमन्त्रीको रूपमा सम्मालेका थिए । प्रधामनमन्त्री हुन वित्तिकै उनले एउटा अन्तर्राष्ट्रिय स्तरको उ‘च्च कोटिको अर्थशास्त्रीको खोजी गर्न लागे जसलाई अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व वैंक र अन्य दातृ संस्थाले विश्वास गर्न सकोस् । भारतीय राजनीतिमा चाणक्य कहलिएका रावले अहमद पटेल र पि.सी. एलेक्जेन्डरको सल्लाहमा डा. मनमोहन सिंहलाई अर्थतन्त्रको दायित्व िनिर्वाह गर्न आग्रह गरे । यसको विभिन्न कारणहरू थियो ।
क्यामर्विज विश्वविद्यालयबाट एम.एस. गरेका र अक्सर्फोड विश्वविद्यालयबाट विद्यावारिधी गरेका डा. सिंह सन् १९५६ बाट विश्वको उ‘च्च अर्थशास्त्रीय एडम स्मीथ पुरुस्कारबाट विभूषित भएका थिए । मार्शल र रोविन्सन जस्ता उ‘च्च कोटिको गुरुपरम्पराका सान्धिय पाएका डा. सिंह पञ्जाव विश्व विद्यालय र दिल्ली स्कूल ऑफ इकनोमिक्समा अध्यापन समेत गरेका थिए । प्रशासकीय र वित्तिय अनुभवलाई आधारस्तम्भव मान्ने हो भने उनले योजना आयोगदेखि रिर्जभ वैंक अप‘m इण्डिया, विश्वविद्यालय अनुदान आयोगदेखि प्रधानमन्त्री र वित्त मन्त्री सल्लाहकार र मुख्य सल्लाहकारको रूपमा समेत अनुभव बटुलिसकेका थिए ।
यी अनुभव र वौद्धिक दक्षताको आधारमा उनले अर्थमन्त्रीको कार्यभार एक राजनीतिक र्शतको आधारमा सुरु गरे । नससिंहा रावको शर्त थियो कि आर्थिक उदारीकरणको यात्रा असफल भएको खण्डमा त्यसको सम्पुर्ण दायित्व अर्थमन्त्रीलाई वहन गर्नु पर्छ जुन कि डा. सिंहले सर्हष स्वीकार गरे । डा. जयराम रमेशले अप्mना पुस्तक “टु द व्रिंक एक्ड व्याक” मा राव र डा. सिंहको सहयात्रालाई वडो रोचक ढङ्गले प्रस्तुत गरेका छन् । रावलाई उनले स्यालको संज्ञा दिदै एकदम चतुर राजनीतिज्ञको संज्ञा दिएका छन् भने डा. सिंहलाई दुम्सीको रूपमा चित्रण गरेका छन् । अर्थात् डा. सिंहको हरेक नीति र कार्यक्रमलाई राजनीतिक संरक्षण दिने दायित्व रावको रहेको थियो भने निस्तर सुधारको यात्रालाई अगाडी बढाउनु पर्ने दायित्व डा. सिंहको रहेको थियो ।
आर्थिक उदारीकरणको यात्रा वडो गम्भीर प्रकृती र प्रवृतीको थियो । सरकारको सबभन्दा ठुलो चुनौती काङ्ग्रेस पार्टी भित्र नै थियो । काङ्ग्रेस पार्टीको आधारस्तभव नै नहरुको समाजवाद र इन्दिराको राष्ट्रियकरणको नीतिमा आधारित थियो । तत्कालीन अवस्थामा नेहरु गान्धी सिद्धान्तलाई चुनौती दिने संगठनात्मक क्षमता न त रावको थियो न त डा. सिंहको । डा. सिंहको पहिलो आर्थिक बजेट शब्दजालबाट बुनिएको थियो । हरेक हरफमा नेहरु र गान्धीको नाम उच्चारण हुंदै नेहरु गान्धीको आर्थिक नीतिलाई तर्पण दिदै थियो । डा. सिंहलाई सहयोग गर्ने उच्च कोटिको अर्थशास्त्रीहरू थियो । रघुराजन, अलुवालीया जस्ता अर्थशास्त्रीहरू संकल्पलाई सिद्धिमा रुपान्तरण गर्न दत्तचित्त भएका थिए । डा. सिंहले देशको वित्तिय स्वास्थ्यलाई मध्यनजर राख्दै दुई पटक मुद्रालाई डिभालुयसन गरे ।
दोस्रो डिभालुयसनमा स्वयं प्रधानमन्त्री र राष्ट्रपति समेत विचलित भइसकेका थिए । तर डा. सिंहको विद्वत अर्थशास्त्रीहरू अडिग थिए । भारतीय अर्थतन्त्रले आप्mनो स्वरुप विस्तार गर्यो । भारतको आर्थिक विकास अभूतपूर्व रूपले अगाडी बढ्यो । एक र दुई प्रतिशतको आर्थिक विकासलाई अर्थशास्त्रीहरू हिन्दु रेट ऑफ ग्र्राेथ भन्ने गर्थे । तर डा. सिंहले ३ प्रतिशतको विकास दरबाट सुरु गर्दै ८ प्रतिशतमा पु¥याएर देशलाई आधुनिकिकरण र आर्थिक रूपान्तरणको वाटोमा डो¥याए ।
डा. सिंहको प्रधानमन्त्रीको कार्यकाल पनि रोचक रहेको छ । सन् २००४ देखि सन् २०१४ सम्म प्रधानमन्त्री कार्यकाल “एम्सीडेन्टल प्राइम मिनिटर” भन्ने पुस्तकमा सुन्दर वर्णन गरिउको छ । डा. सिंहले प्रधानमन्त्रीको रूपमा आप्mनो सबभन्दा ठुलो उपलब्धीको रूपमा सन् २००५ मा भएको अमेरिकासंग न्यूकिलियर सम्झौतालाई लिएको देखिन्छ । उक्त सम्झौताको आधारमा नै भारतले सामरिक सार्मथ्य हासिल गरेको देखिन्छ । तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुसले डा. मनमोहन सिंहको व्यक्तित्वलाई आधार मानी अमेरिकी सेनेटको दवावको बावजुत समेत सम्झौता गरेका थिए । अमेरिकी राष्ट्रपति ओभामाले डा. सिंहलाई जी टेउन्टीको शिखर सम्मेलनमा नेताहरूको गुरुको रूपमा समेत सम्वोधन गरेका थिए । डा. सिंह विभिन्न कानुन र ऐनबाट संरचनात्मक सुधारका साथ भारतलाई अगाडी बढाए ।
उनलाई लेखकहरू प्रश्नको घेरामा समेत राखेका छन् । सोनीयाको छायामा काम गर्नु र र्निणय लिनुमा कमजोरी देखाउनु जस्ता पक्षहरू उनको व्यक्तित्वमा रहेका उल्लेख “हाफलाइन” भन्ने पुस्तकमा पढ्न पाइन्छ । संसदीय वहसमा “इकवाल” र “गालीफ” को सेरबाट विनोदपूर्ण वातावरण निर्माण गर्नु डा. सिंहको विषेशता थियो । सादगी र सदाचारको प्रतिमुर्तिको रूपमा डा. सिंहको व्यक्तित्व राजनीतिको विशाल प्राङ्णमा नेतृत्वहरूको लागि आउने दिनमा अनुकरणीय हुनेछ । डा. सिंहले उदारीकरणलाई नयॉ ढङले व्याख्या गरेका थिए । उदारीकरणलाई मानव अनुहारसंग जोडेर उनले व्याख्या गर्ने गर्थे ।
अर्थात् खुला अर्थतन्त्रको अर्थ लाइसेन्स राज्यको मात्र अन्त्य नभई राज्यको लगानी विपन्न वर्गमा समेत गर्नु हो भने उनको आग्रह रहेको थियो । डा. सिंहको प्रधानमन्त्री कार्यकालमा पार्टीको संगठन विस्तार नहुनु, काङ्ग्रेस कमजोर हुनु र सरकारको उपलब्धि जन-जनसम्म नपुग्नु समेत आरोप रहेको छ । तर डा. सिंह वौद्धिक परम्पराको विरासतको रूपमा निश्काम भावले देशको लागि आप्mनो जीवन यात्रा ९२ वर्षको उमेर सन् २०२४ डिसेम्बर २६ का दिन महाप्रस्थानको रूपमा गरे । उहॉको मुर्धन्य व्यक्तित्वबाट प्रेरणा लिनु नै उहॉ प्रति सच्चा श्रद्धान्जली हुनेछ ।