|  

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि ७० अर्ब तान्दै राष्ट्र बैंक

१४ पौष, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ७० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि निक्षेप संकलन बोलकबोलमार्फत २१ दिनका लागि उक्त परिमाण बराबर तरलता खिच्न लागिएको हो । यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुनेछ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन ।