|  

यो सरकारलाई असफल हुने छुट छैनः शेखर कोइराला

१४ पुस, काठमाडौं ।  नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीतिक स्थायित्वका निम्ति नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेको बताएका छन् ।

आइतबार बिहान जनकपुरमा सञ्चारकर्मीहरूसँग बोल्दै कोइरालाले पटक पटक सरकार बदलिँदा विकासका काममा बाधा परेकाले अहिलेको सरकार विकासलाई गति दिनका लागि बनेको बताए ।

कोइरालाले यो सरकारलाई असफल हुने छुट नरहेको बताए । अहिलेको सरकार असफल भए देश अराजकतातिर जाने भन्दै उनले देश अराजकतातिर जान नदिन सबै गम्भीर हुनुपर्ने बताए ।