१४ पौष, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राई सिफारिस गरेका छन् ।
सभामुख घिमिरेले आज बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेर संविधानको धारा १०६ बमोजिम सचिव नियुक्तिको सिफारिस गरेका हुन । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले ०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो ।