|  

‘मार्सल ल’को समयमा यून सुकले सेनालाई गोली चलाउने आदेश दिएको खुलासा !

१४ पुस, काठमाडौं । दक्षिण कोरियामा ‘मार्सल ल’ लगाएपछि निलम्बित भएका राष्ट्रपति युन सुक येओलले आवश्यक परेमा सेनालाई गोली चलाउने आदेश दिएको खुलासा भएको छ ।

अभिआयोजकहरूको प्रतिवेदनमा यो खुलासा भएको भन्दै स्थानीय सञ्चार माध्यमहरूले समाचार छापेका छन् ।

पूर्व रक्षामन्त्री किम योङ ह्युनविरुद्ध दायर गरिएको १० पृष्ठ लामो अभियोजन प्रतिवेदनमा निलम्बित राष्ट्रपतिले संसदमा प्रवेश गर्दा आवश्यक परेमा सेनालाई गोली चलाउने आदेश दिएको उल्लेख गरिएको छ ।

येओलले सेनालाई ढोका फ्टाउन र गोली हानेरै भएपनि सांसदहरूलाई बाहिर निकाल्न आदेश दिएको अभियोग पत्रमा भनिएको छ ।