|  

विमान दुर्घटनापछि जेजु एयरले माग्यो माफी

१४ पुस, काठमाडौं ।  दक्षिण कोरियामा आज भएको विमान दुर्घटना परेपछि जेजु एयरले माफी मागेको छ ।

‘मुआन एयरपोर्टमा भएको घटनाबाट प्रभावित सबैसँग हामी गहिरो माफी चाहन्छौँ,’’ जेजु एयरले विज्ञप्ति जारी गर्दै भनेको छ, हामी स्थिति समाधान गर्न हर प्रयास गर्नेछौँ । यसबाट पर्न गएको पीडाप्रति हार्दिक दुःख व्यक्त गर्दछौँ ।

बोइङ ७३७-८०० विमानमा १७५ जना यात्रु र ६ जना चालक दलका सदस्य थिए । विमानमा सवार १८१ जनामध्ये २ जनाको जीवितै उद्धार गरिएको छ भने अन्य सबैको मृत्यु भएको छ ।

थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो ।