१४ पौष, काठमाडौं । ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले सदर चिडियाखानालाई रात्रिकालिन चिडियाखानाको रूपमा विकास गर्न महानगर तयार रहेको बताएका छन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोषले ललितपुरमा आज गरेको आयोजनामा बोल्दै उनले यस्तो बताएका हुन् । सदर चिडियाखानालाई रात्रिकालिन रूपमा चलाउनको लागि सम्भव भए(नभएको अध्ययन गर्न चिडियाखानाको व्यवस्थापन समितिलाई उनले आग्रह समेत गरे । अध्ययन गरेर रात्रिकालीन चिडियाखाना बनाउन सहज र सम्भव छ भने महानगर लगानी गर्न तयार रहेको उनको भनाई छ ।