१४ पौष, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको खेलकुद क्षेत्रको विकासमा पार्टीले ध्यान दिने आश्वासन दिएका छन् ।
नेपाल लोकतान्त्रिक खेलकुद संघले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले यस्तो बताएका हुन् । उनले हरेक युवाहरुलाई खेल क्षेत्रमा जोड्न सके खेलको पनि बिकास हुने धारणा राखे । देउवाले बिभिन्न रनिङ् शिल्डलाई पनि प्रभावकारी ढंगले निरन्तरता दिनुपर्नेमा जोड दिए । ओलम्पीक कमिटीमा देखिएको विवाद उचित नभएको भन्दै उनले अदालतको आदेश सवैले मान्नुपर्ने जिकिर गरे ।
कार्यक्रममा संघको महाधिवेशन केन्द्रीय निर्देशन समिति संयोजक एवं कांग्रेस सांसद मोहन बहादुर बस्नेतले देशलाई चिनाउनका लागि खेलकुदको धेरै योगदान रहेपनि खेल क्षेत्रको उचित बिकास हुन नसकेको बताए ।