|  

राष्ट्रियसभा गृहमा पीएल सिंहको शालिक बनाइने

१४ पुस, काठमाडौं । राष्ट्रियसभा गृहमा काठमाडौं महानगरपालिकाका संस्थापक मेयर पीएल सिंहको शालिक बन्ने भएको छ ।

जसका लागि काठमाडौं महानगरपालिकाका  प्रमुख बालेन शाहले महानगरपालिकाका संस्थापक मेयर पीएल सिंहको शालिक बनाउने आज घोषणा गरेका छन् ।

महानगरपालिकाको जारी १६औं अधिवेशनमा प्रमुख शाहले पीएल सिंहको पूर्ण कदको शालिक राष्ट्रिय सभागृह परिसरमा निर्माण गर्ने घोषणा गरेका हुन् ।

सिंहको गत १ पुसमा निधन भएको थियो । प्रजातन्त्र पुनः स्थापना भएपछि भएको स्थानीय निर्वाचनबाट पहिलो महानगर प्रमुखका रूपमा सिंह निर्वाचित भएका नेता हुन् ।