१५ पुस, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले काठमाडौँका खाल्डाखुल्डी सडक सडक विभागले सुधार गरेको दाबी गरेका छन् ।
सोमबार सडक बोर्डको २२ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री दाहालले यस्तो बताएका हुन् । उनले भने, ‘जनतालाई खुसी पार्न ठुलो विकास चाहिँदैन ।
सडकका खाल्डाखुल्डी पर्दा मात्रै खुसी हुने रहेछन्, ‘महानगरले दुई चारवटा गमला राखेर प्रशंसा पायो। त्यसैले महानगर क्षेत्रमा सडक विभाग अन्तर्गतको सडकमा सवि लेख्न बाध्य भयौँ ।’