|  

सहकारी ठगीको रकम तिर्ने सहमतिपछि भरत जंगम रिहा

१५ पुस, काठमाडौं ।  सहकारी ठगी प्रकरणमा पक्राउ परेका भरत जंगम रिहा भएका छन् ।

काठमाडौंको बानेश्वरस्थित रहेको साई स्वागत सहकारी ठगीमा जोडिएका उनी गत हप्ता पक्राउ परेका थिए । साई स्वागत सहकारीको १ करोड ६ लाख ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो ।

सहकारी ठगीमा मिलापत्र गर्न सकिने सरकारको नीतिबमोजिम उनी ‘गुड फर पेमेन्ट’ चेक दिएर रिहा भएका हुन् ।