|  

पुर्खाले सुम्पिएको संस्कृति संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छः उपप्रधानमन्त्री सिंह

१५ पौष, काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले पुर्खाले सुम्पिएको समृद्ध संस्कृति संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।

आज काठमाडौंमा आयोजित तमु ल्होसार महोत्सवमा सम्बोधन गर्दै उनले नेपाल कला, संस्कृति र परम्पराका हिसाबले अत्यन्त समृद्ध रहेको भन्दै त्यसलाई संरक्षण गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताएका हुन् । महोत्सवले गुरुङ समुदाय आफ्नो पहिचानका लागि अत्यन्त जागरुक रहेको देखाएको उनको भनाई छ । देशमा प्रजातान्त्रिक व्यवस्था आइसकेपछि बहुजातिय, बहुभाषिक, बहुधार्मिक नेपाली समाजमा रहेका सबै धर्म,भाषा,संस्कृतिले  स्वतन्त्रतापूर्वक आफ्नो पहिचानलाई सुरक्षित राख्दै अझ समृद्ध गर्न पाएको पनि बताए ।

महोत्सवमा गुरुङ समुदायको उपस्थिती, कला, संस्कृति, परम्पराको प्रस्तुतिले आफ्नो पहिचान कायम गर्न अत्यन्त जागरुक देखिएको भन्दै उनले नयाँ पिँढीलाई परम्पराको हस्तान्तरण गरिरहेकोमा बधाई ज्ञापन गरे । राष्ट्र र समाजलाई उन्नत, सम्पन्न बनाउन  सबैले आफ्नो शक्ति लगाउन पनि उपप्रधानमन्त्री सिंहले आग्रह गरे ।