१६ पुस, काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्यले बिदेशमा उपचार गर्न अस्विकार गरेका छन् ।
विगत १६ दिनदेखि शिक्षण अस्पतालमा उपचाररत बैधले विदेशमा उपचार गर्न अस्विकार गरेका स्रोतले जनाएको छ । ‘यहीँ नेपाल राम्रा र दक्ष चिकित्सकहरू हुनु हुदोँरहेछ, उपचारका लागि नै भनेर किन विदेश जानुपर्यो भनेर उहाँले कुरा गरे पछि यहीँ उपचार गरिरहेका छौं,’ उपचारमा सहयोगी भुमिका खेलिरहेका नेता हरिभक्त कडेँलले भने ।
दम बढेपछि उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा दुइ हप्ता बढी समय देखी उपचार गरिरहेका छन। उनलाई दमसँगै निमोनिया देखिएपछि ५ दिनदेखि आईसीयूमा राखेर उपचार भइरहेको छ ।