|  

थुनछेक बहस चलिरहँदा मुद्दाका प्रतिवादी रोएपछि इजलासमै छायो सन्नाटा

१६ पौष, काठमाडौं । कास्कीस्थित पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आजबाट थुनछेक बहस सुरु गरिएको छ ।

सरकारी वकिल कार्यालयबाट थुनछेक बहस चलिरहँदा मुद्दाका प्रतिवादी कृष्णबहादुर गुरूङले उठेर रोएपछि इजलासमै सन्नाटा छाएको थियो । जिल्ला सहायक न्यायाधिक्ता शान्तिदेवी शर्माले सहकारीमा जोडिएका प्रतिवादीहरूको नाम लिने क्रममा कृष्णको पनि नाम आएपछि आँसु झार्दै आफू निर्दोष रहेको उनले बताएका थिए । उनले अदालतमै आफू आत्महत्या गर्नसक्ने समेत बताएका थिए । गुरुङ बिरामी छन् भने उनको अस्पचालमा उपचार भइरहेको छ ।

उनकी छोरी तथा पूर्वसांसद मीनासमेत बहस चलिरहँदा रोइन । त्यसपछि केहीबेर इजलासको मोहोल भावुक बनेको थियो ।