१६ पुस, काठमाडौं । संघीय संसद, प्रतिनिधिसभाको सचिव पदमा हर्कराज राई नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले झापाका उनलाई सचिव पदमा नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा सभामुख देवराज घिमिरेको सिफारिसमा उनलाई संविधानको धारा १०६ को उपधारा १ बमोजिम सचिव पदमा नियुक्त गरिएको उल्लेख छ।
प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो ।