१६ पुस, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज मध्यरातिदेखि लागु हुने गरी मूल्य बढाइएको छ ।
पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाइएको छ भने डिजेलको मूल्य दुई रुपैयाँ बढाएको निगमले जनाएको छ ।
निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर दुई रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर १५ का दरले घटाइएको छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।