|  

बस पल्टिदा ड्युटीमा रहेका एक सशस्त्र प्रहरी इन्सपेक्टरको मृत्यु

१७ पौष, काठमाडौं । सर्लाहीमा ड्युटीमा रहेका एक सशस्त्र प्रहरी निरीक्षकको बसले किचेर मृत्यु भएको छ ।

गएराति पौने ९ बजे बलरा नगरपालिका ९ स्थित बीओपी छतौनाको गेट अगाडि बस पल्टिँदा सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको मृत्यु भएको हो । बसले थिच्दा गम्भीर घाइते भएका तुलाधरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा चिकित्सकहरुले राति पौने १० बजे मृत घोषणा गरेका थिए ।