१७ पौष, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले नेपाली कांग्रेसका संस्थापक एवं पूर्वप्रधानमन्त्री बिपी कोइरालाको मेलमिलाप नीतिलाई राष्ट्रियता र विकाससँग जोड्नुपर्ने बताएका छन् ।
मंगलबार भएको एक कार्यक्रममा मुख्यमन्त्री तामाङले बिपीले अपनाउनुभएको मेलमिलापको नीतिअन्तर्गत समाजवादले आर्थिक समानतामा जोड दिएको बताएका हुन् । उनले भनेका छन्, ‘राजद्रोहसम्बन्धी विभिन्न आठवटा मुद्दाको सामना गरिरहेको समयमा बिपीले आफूसहित सहकर्मीहरूलाई भारतबाट नेपाल फर्काउनु उहाँको राष्ट्रियताप्रतिको उच्च सम्मान पाइन्छ । कांग्रेसले अपनाउँदै आएको आर्थिक सिद्धान्तको नीति पनि बिपीको समाजवाद हो समृद्धिको निर्माण, असमानताको अन्त्य र व्यक्तिको स्वतन्त्रताको ग्यारेण्टीमा केन्द्रित गराउँछ ।’