|  

भीम रावलले आज नयाँ पार्टी गठन गर्दै

१७ पौष, काठमाडौं । नेकपा एमालेबाट निस्किासित नेता डा. भीम रावलले आज नयाँ पार्टी गठनको घोषणा गर्दैछन ।

त्यसबारे जानकारी दिन आज दिउँसो एक बजे पत्रकार सम्मेलनको आयोजना गरिएको छ । भीम रावले कम्युनिस्ट र उदारवादी विचारधारा समेट्ने गरी नयाँ पार्टी गठन गर्ने तयारीमा छन । रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । एमालेले निस्काशन गरेपछि नयाँ पार्टी गठनको तयारीमा जुटेका रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिँदै आएका छन । 

एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको खुलेर विरोध गर्दै आएका रावलले २०७८ सालमा चितवनमा आयोजित १० औं महाधिवेशनमा ओलीविरुद्ध अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए । उनी पराजित भएपछि एमालेले सल्लाहकार कमिटीमा राखेको थियो । तर, उनले त्यो जिम्मेवारी बहन गरेका थिएनन । अहिले आएर एमालेले अनुशासन विपरीत गतिविधि गरेको भन्दै रावललाई पार्टीबाटै हटाउने निर्णय गरेको थियो ।