|  

वार्ताको प्रयास गर्दा ओलीले मानेनन्, फोन पनि उठाएनन्ः  रावल

१७ पुस, काठमाडौं ।  नेकपा एमालेबाट निष्कासित डा.भीम रावलले आफूले केपी ओलीसँग गरेको वार्ताबारे भ्रम सिर्जना गरिएको दाबी गरेका छन् ।

आगामी यात्राबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै भेटमा आफूले सकारात्मक ढंगले धारणा राखेपनि नबोलाएको बताए । उनले वार्तालाई भ्रम सिर्जना गर्ने वातावरण किन बनाइयो? भन्दै प्रश्न गरे ।

उनले उपमहासचिव प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापा प्रयास पछि कात्तिकमा भेट्ने तय भएपनि रद्द गरेको आरोप लगाए । ओलीका स्वकीय सचिवहरूलाई फोन गरेर समय मिलाउन आग्रह गरेपनि वास्ता नगरेको बताए ।

रावलले कुनै खबर नआएपछि ओलीलाई फोन गर्दा समेत नउठाएको दाबी गरे ।