१७ पुस, काठमाडौं । नेकपा एमालेबाट कारबाहिमा परेका नेता डा.भीम रावलले मनाङमा पार्टीका उम्मेदवारलाई फिर्ता गराएर दीपक मनाङेलाई अध्यक्ष केपी शर्मा ओलीले मन्त्री बनाएको आरोप लगाएका छन् ।
पार्टीबाट निष्कासनमा परेपछि बुधबार पहिलोपटक पत्रकार सम्मेलन आयोजना गर्दै उनले प्रश्नैप्रश्न गरेका छन् । उनले आफूलाई पार्टीमा रहँदा गरिएका व्यवहारहरू प्रतिशोधपूर्ण भएको गुनासो पनि गरेका छन् ।
‘शंकर पोखरेललाई ०७८ साल वैशाखमा सेना परिचालन गरेर स्थायी कमिटी बैठकबाट मनाङमा पार्टीको उम्मेदवार बनाएका व्यक्तिलाई मनपरी किसिमले नाम फिर्ता गराएर दीपक मनाङे राजीव गुरुङलाई त्यहाँ निर्वाचन गराउने र पछि गण्डकी प्रदेशको मन्त्री बनाउने तपाईं नै होइन र ?,’ रावलले प्रश्न गरेका छन् ।