|  

दक्षिण कोरियाद्धारा ९ नेपाली निष्कासन

१७ पुस, काठमाडौं । दक्षिण कोरियाले ९ जना नेपालीलाई निष्कासन गरेको छ ।

त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा दक्षिण कोरियाले उनीहरूलाई निष्कासन गरेको हो । स्रोतका अनुसार निष्कासन गरिनेहरूमा कान्छालाल मोक्तान, दावा छिरिङ शेर्पा, नवदत्त गुरुङ, विशेष लामा, गोपाल राना मगर, निर्मल गौतम, रुद्रबहादुर भुजेल र सन्दीप लामा रहेका छन् ।

उनीहरूलाई गत साता निष्कासन गरिएको स्रोतले बताएको छ । भिसाको म्यादभन्दा बढी बसेका कुमार तामाङलाई पनि दक्षिण कोरियाले निष्कासन गरेको छ । उनीहरूलाई थाइ एयरवेयजको जहाजबाट नेपाल फर्काइएको हो।

दक्षिण कोरियामै रहेका एक नेपालीले अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा नेपालीहरू पक्राउ परेको पुष्टि गरे।