१७ पुस, काठमाडौं । नेकपा एमालेको कारबाहीमा परेका नेता डा.भीम रावलले पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्नैप्रश्न गरेका छन् ।
पार्टीबाट निष्कासनमा परेपछि बुधबार पहिलोपटक पत्रकार सम्मेलन आयोजना गर्दै रावलले ओलीमाथि नेपाली जनताको स्वाधीनताको भावनमा किन प्रहार गरेको ?, स्वतन्त्र मधेशको धारणा स्वीकार नगर्नु स्वाधीन र अखण्ड नेपालको प्रधानमन्त्रीलाई सुहाउने काम हो? लगायतका ७४ वटा प्रश्न गरेका छन् ।
उनले अोली सत्ताको दुरुपयोग गरेर तानाशाह बन्न खोजेको आरोप पनि लगाएका छन् ।